सुनको मूल्यमा गिरावट

डिसी नेपाल
१५ माघ २०७७ ११:५३

काठमाडाैं। स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ। मंगलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु १०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ। छापावाला सुन बुधबार तोलामा रु ९२ हजार १०० मा कारोवार भएको थियो। मंगलबार भने छापावाला सुन तोलामा रु ९२ हजार ८०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको थियो।

त्यस्तै चाँदी तोलामा रु पाँचले घटेको छ। तोलामा बुधबार रु एक हजार २५० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *