नेपालमै पहिलो पटक जर्मन प्रविधिको अत्याधुनिक ईटा उद्योग खुल्दै

डिसी नेपाल
१५ माघ २०७७ १४:३७

काठमाडौं। झापा कमल गाउँपालिका–१ मा जर्मन प्रविधिको ‘हकमेन्ट हाईब्रेट क्लिन’ अत्याधुनिक ईटा उद्योग खुल्ने भएको छ। उद्योग सञ्चालक गुणराज थापाका अनुसार नेपालमा यो प्रविधिको उद्योग पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो।

यसका लागि बंगलादेशबाट प्राविधिक आउने तयारी भइरहेको सञ्चालक थापाले बताए। मेशीनले नै काट्ने, टनेलमा पोल्ने र ड्रायरले सुकाएर बनाइने यो ईटा परम्परागत ईटा उद्योगभन्दा वातावरणमैत्री हुने उनले बताए।

कम जनशक्तिमै उत्पादन हुने भएकोले ईटाको मूल्य पनि सुलभ हुने जनाइएको छ। थापाले अन्य उद्योगहरुले वायु प्रदुषण गरेर वातावरण असन्तुलित बनाइरहेको यस अवस्थामा यो उद्योग भने प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उद्योग सञ्चालन गर्दा स्थानीय युवाहरुलाई नै प्राथमिकता दिइन र उद्योगमा ५० जनाभन्दा बढीले रोजगारी पाउने उनको भनाइ थियो। अरु ईटा जस्तो पहिलो, दोस्रो र तेस्रो रुपमा बर्गीकरण नगरिएको हुनाले यो सत्प्रतिशत पहिलो स्तरको मात्र उत्पादन हुने थापाको भनाई थियो।

आधुनिक उद्योग सञ्चालन बन्ने भएपछि केही व्यक्तिहरुले पूर्वाग्राही रुपमा उद्योगको बारेमा नकारात्मक प्रचार गरेको उनले गुनासो गरे। सामान्य विरोध आएपनि नेपाल सरकारको सबै मापदण्ड अपनाएको हुनाले सबैले चाँडै नै यसको महत्व बुझ्ने उनले बताए।

२५ करोडको लगानीमा एक बर्षभित्र सम्पन्न गर्ने उक्त उद्योगको लागि दुई बिघा जमीन छुट्याइएको छ। उनका अनुसार प्रदेश नम्बर १ मा यो उद्योग एउटा मात्र बन्ने छ। साथै, बाग्मती र सूदुरपश्चिम प्रदेशमा पनि निर्माण गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *