पूर्वाधार विकासले मुलुकको मुहार फेरियो : मन्त्री नेम्वाङ

डिसी नेपाल
१५ माघ २०७७ २३:२०

ओखलढुङ्गा। सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताएका छन्।

ओखलढुङ्गाको रामपुरमा बिहीबार आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गरे। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि शुरु भएका भौतिक विकासका कामलाई आफू मन्त्री भएपछि थप गतिकासाथ अघि बढाएको उनले बताए। वर्तमान सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण पूर्वाधार विकासका कामका बारेमा मन्त्री नेम्वाङले सो अवसरमा जानकारी गराएका थिए।

वर्तमान सरकारले दैनिक तीन किलो मिटरभन्दा बढी बाटो स्तरोन्नती गर्दै मुलुकभर एक हजार ५४४ किलो मिटर सडक तीन वर्षमा निर्माण सम्पन्न गरेको उनले बताए। सरकारले गरेका ठूला भौतिक पूर्वाधारका कामले मुलुक समृद्धिको दिशामा अघि बढेको उनको बनाइ छ । “सडक, पुल, भवन मात्रै होइन पूर्वाधार विकासका समग्र काम द्रुतगतिमा अघि बढेका छन् । यिनै कामले आज मुलुकको मुहार फेरिन थालेको छ”, उनले भने।

प्रदेश–१ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको चौतर्फी विकासको नेतृत्व आफूले गरिरहेको बताए। विगतमा सांसद मात्रै हुँदा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भए पनि राज्यमन्त्री भएपछि समग्र जिल्लाको विकासमा लागि परेको उनले बताए। प्रदेश सरकारले भौतिक विकासका कामलाई प्राथमिकतामा राखेर प्रदेशका १४ वटै जिल्लामा काम गरिरहेको उनको भनाइ थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *