कपिल शर्माको शो फेरि बन्द हुने !

डिसी नेपाल
१६ माघ २०७७ १०:२७
504
Shares

मुम्बई। केही दिन पहिला चाँडै कपिल शर्माको शो बन्द हुने समाचार सार्वजनिक भएको थियो। यद्यपी यो विषयमा सोनी टिभीकातर्फबाट पुष्टि भएको छैन। तर कपिलको शो चाँडै बन्द हुने भारतीय संचारमाध्यमले जनाएका छन्। तर पुन नयाँ स्वरुपमा उनको शो सञ्चालनमा आउने जनाइएको छ।

यसअघि पनि कोरोनाका कारण कपिलको शो बन्द भएको थियो। पछि जुलाइ २०२० मा द कपिल शर्मा शा नयाँ स्वरुपमा फेरि संचालनमा आएको थियो।

यसैबीच कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथ चाँडै दोस्रो सन्तानको आमा बुवा बन्ने भएका छन्। यसको जानकारी कपिल स्वयंले दिएका हुन्। साथै उनले आफ्नो शो चाँडै बन्द हुने पनि जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *