केटु हिमाल आरोहण गर्ने नेपाली टिमलाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई
फाईल तस्बिर
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्रले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर १० जना नेपालीले विश्वकीर्तिमान राखेकोमा आरोहीलाई बधाई दिएका छन्। शुक्रबार एक बधाई सन्देश जारी गर्दै ज्ञानेन्द्रले केटु हिमालको हिँउदे सिजनमा सफलतापूर्वक आरोहण गरेर विश्वमै नेपालीको प्रतिष्ठा बढाएको उल्लेख गरेका छन्।
दुई हप्ताअघि नेपाली आरोपही निर्मल पुर्जालगायतका १० जनाले केटु हिमालको सफलतापूर्वक आरोहण गरेका थिए। हिउँदे सिजनमा केटु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय गान बजेको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment