मध्यावधि निर्वाचन : विद्युतीय भाेटिङ मेसिन प्रयाेग नहुने – Dcnepal

मध्यावधि निर्वाचन : विद्युतीय भाेटिङ मेसिन प्रयाेग नहुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोकेका छन्। प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापनको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। सो विषयमा संवैधानिक इजलासमा सुनुवाई जारी छ।

तर निर्वाचन आयोगले भने निर्वाचनको तयारी सुरु गरिसकेको जनाएको छ। तर, अब हुने निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न नसकिने आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी कोमल प्रसाद धमलाले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग हुन नसक्ने बताए।

‘निर्वाचन अयोग आफ्नो तर्फबाट तयार भए पनि अरु कारणले यो सम्भावना छैन,’ धमलाले भने, ‘विद्युतीय मतदान प्रणाली सुरु गर्न सबैभन्दा पहिला राजनीतिक दलहरु तयार हुनु पर्यो। सरकारले पनि निर्णय गर्नु पर्यो। त्यसपछिमात्र निर्वाचन आयोगले त्यो काम अघि बढाउन सक्छ।’

‘राजनीतिक दलको अनुमतिबीना आयोगले मात्र मेसिन चलाउँछु भनेर हुँदैन’, धमलाले थपे, ‘पहिलो नम्बरमा राजनीतिक पार्टीहरुले हामी मेसिनबाट भएको मतदान मान्न तयार छौं भनेर कमिट्मेन्ट गर्नु पर्यो। दोस्रो नम्बरमा सरकार पनि तयार हुनु पर्यो। किन भने विद्युतीय मतदान यन्त्र खरिद गर्न एकै पटक बल्कमा पैसा जान्छ। यदि यो भयो भने निर्वाचन आयोग तयार छ। तर, बैशाखमा हुने निर्वाचनमा भने सम्भावना शून्य नै देखिन्छ।’

२०७१ को उपनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं.२, चितवन क्षेत्र नं. ४, बर्दिया क्षेत्र नं. १ र कैलाली क्षेत्र नं. ६ मा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएको थियो। तर, त्येतिबेलाका राजनीतिक दलले भारतमा यही यन्त्रको मतचोरी भएकाले विवाद भएको भन्दै यसको विश्वस्नीयता माथि प्रश्न चिन्ह उठाएका थिए।

सरकारले निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिरहेको छ। आयोगका सूचना अधिकारी धमलाका अनुसार मतदाता अध्यावधिकको काम चलिरहेको छ। तर निर्वाचन आयोगले वैशाख १७ आउन ८८ दिन बाँकी रहँदासम्म निर्वाचन कार्यक्रम घोषणा गरेको छैन।

यदि सामान्य रुपले राजनीति अगाडि बढे के यो बाँकी दिनमा निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी गर्न सक्छ ? भन्ने प्रश्न उठेको छ। निर्वाचन आयोगका पूर्व आयुक्त दोलखबहादुर गुरुङ निर्वाचन तयारीका लागि आयोगलाई सामान्यतया १२० दिन आवश्यक पर्ने बताउँछन्।

उनले डिसी नेपालसँग भने, ‘अहिलेको अवस्था हेर्दा वैशाख १७ मा चुनाव हुन कठिन देखिन्छ। तर चुनावका मुख्य खेलाडी राजनीतिक दलहरु चुनावका लागि तयार भए भने फास्टट्रयाकबाट निर्वाचन गराउन सकिन्छ।’ फास्टट्रयाकमा जाँदा सबै पक्रियाहरु छोट्याउनुपर्ने गुरुङले बताए।

त्यस्तै आयोगले पनि आफ्नो व्यवस्थापकीय काम गर्नुपर्ने हुन्छ। पूर्व आयुक्त गुरुङले निर्वाचन आयोगलाई चुनाव व्यवस्थापनका लागि ५७ प्रकारका सामाग्री आवश्यक पर्ने बताए। उनले ती मध्ये केही सामाग्री विदेशबाट ल्याउनुपर्नेसमेत बताए। त्यसका लागि पनि आयोगलाई समय आवश्यक पर्ने बताए। तर, आयोगका सूचना अधिकारी धमलाले भने निर्वाचन आयोग प्राविधिकरुपमा तयार रहेको बताएका छन्।

उनले भने, ‘यो १२० दिन चाहिन्छ भन्ने मान्यता हो। कानुन हैन। निर्वाचन आयोग प्राविधिकरुपमा बैशाखमा निर्वाचन गराउन तयार छ।’ नेपालमा विद्युतीय मतदान यन्त्रको प्रयोग नेपालमा २०६४ सालाबाट विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएको थियो। आयोगले राजनीति दलसँग छलफल गरेको थियो।

त्यतिबेलाका राजनीतिक दलहरुले आफूहरु निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न आफूहरु सहमत भएको जानकारी दिएका थिए। २०६४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा विद्युतीय मतदान यन्त्रयको प्रयोग गरिएको थियो। त्यसपछि २०७१ को असारमा भएको उपनिर्वाचनमा पनि विद्युतीय मतदान यन्त्रको प्रयोग भएको थियो।

२०७१ को उपनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं.२, चितवन क्षेत्र नं. ४, बर्दिया क्षेत्र नं. १ र कैलाली क्षेत्र नं. ६ मा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएको थियो। तर, त्येतिबेलाका राजनीतिक दलले भारतमा यही यन्त्रको मतचोरी भएकाले विवाद भएको भन्दै यसको विश्वस्नीयता माथि प्रश्न चिन्ह उठाएका थिए। तत्कालीन समाजवादी पार्टीका प्रतिनिधि शम्भु चौधरीले विद्युतीय मतदान यन्त्रको विश्वस्नीयतामाथि प्रश्न उठाएका थिए।

कसरी काम गर्छ मेसिनले

विद्युतीय मतदान यन्त्रले क्रमसंख्या, मतदान सुरु र समापनको समय, उम्मेद्वारको संख्या, खसेको मतको सबै विवरणदेखि उम्मेदवारले प्राप्त गरेको मतसम्मको सम्पूर्ण हिसाब सुरक्षित राखेको हुन्छ।

गणनाका क्रममा ‘रिजल्ट’ बटन दवाएपनि यी सबै विवरण देखाउँछ। मतदान यन्त्रको दायाँ तर्फ मतपत्र टासेर बाँयातर्फ बटन थिच्ने ठाउँ राखिएको हुन्छ । मतदाताले आफुले मत दिन चाहेको चिन्हसँगैको बटम थिचेपछि मेसिनले मतदान भएको संकेत गर्छ।

मतदान अधिकृतले नियन्त्रण इकाई (सीयू)बाट पालो दिएपछि मात्र मतदाताले ब्यालेट युनिट (बियु)बाट मत दिन सक्छन्। एकपटक मत बटन थिचेपचि मतदान अधिकृतले अर्को ब्यक्तिलाई पालो नदिएसम्म अर्को मतका लागि बटन थिचिँदैन।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो