चौदण्डीको पोस्टमा एपीएफको २२ गोल, सावित्रा एक्लैले गरिन् १२ गोल

डिसी नेपाल
१९ माघ २०७७ १९:१०
108
Shares

काठमाडौं। राष्ट्रिय महिला लिगको सोमबारको खेलमा गोल वर्षा भयो। र सबै गोल एकै पोस्टमा। त्यो पनि २२ गोल। सोमबार एपीएफ क्लब र उदयपुरको चौदण्डी नगरपालिकाबीचको खेल सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको थियो। जसमा एपीएफले चौदण्डीको पोस्टमा २२ गोल गर्यो।

एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन्। यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन्। रेनुका नगरकोटी र सरु लिम्बुले पनि एक–एक गोल गरे। एपीएफले खेलको पहिलो हाफमै १२ गोल गरेको थियो भने दोस्रो हाफमा थप १० गोल गर्यो।

खेलको पाँचौं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्। नवौं मिनेटमा अनिताले गोल गर्दा एपीएफको अग्रता दोब्बर पारिन्।

खेलको ११ औं मिनेटमा अनुले गोल गर्दा एपीएफको अग्रता तेब्बर बन्यो। १४ औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गरिन्।

सरुले खेलको १८ औं मिनेटमा गोल गरिन्। २० औं मिनेट अनुले ह्याट्रिक गरिन् भने उनले नै२६ औं मिनेटमा चौथो गोल गरिन्। खेलको ३१ औं मिनेटमा रेनुकाले पनि गोल गरिन्।

सावित्राले ३२ औं मिनेटमा दोस्रो गोल गरिन् भने ३३ औं उनले ह्याट्रिक पुरा गरिन्। ३४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो र ३८ औं मिनेटमा पाँचौ गोल गरिन्।
दोस्रो हाफमा पनि सावित्राले गोल वर्षा कायम राखिन्। उनले खेलको ४७ औं, ५५ औं, ६२ औं, ६३ औं, ७२ औं, ७९ औं र इन्जुरी समयमा गोल गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *