पत्रकार महासङ्घ हुम्लाको साधरणसभा सम्पन्न

डिसी नेपाल
२१ माघ २०७७ १०:०६

सिमिकाेट । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको पाँचौँ साधरणसभा मङ्गलबार सम्पन्न भएको छ। पत्रकार शाखाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा भएको सो साधारणसभामा महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन र सामानुपातिक उपाध्यक्ष मिमसिंह नेपालीको उपस्थिति थियो। स्वर्गीय जयबहादुर रोकायाले हुम्ला शाखाको स्थापना गरेका थिए।

सो अवसरमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारले सहीरूपमा कलम चलाउन नसके झन् विकृति मौलाउने बताए। उनले भने, “पत्रकार कसैको पनि पक्षमा नभई सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्छ । समाजमा ऐनाजस्तो पारदर्शी भएर रहन सक्नुपर्छ।”

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले समाज परिवर्तनका संवाहक पत्रकार भएका कारण जिम्मेवारीअनुसार कलम चनाउनुपर्ने बताए। महासङ्घ सचिव पुनले पत्रकार आफ्नो पेशाप्रति लगाव र समाजप्रति उत्तरदायी हुनुका साथै कलमप्रति इमान्दर हुन जरुरी रहेको बताइन्।

सभामा वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीले साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिवेदन पेश गरेका थिए। सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदको पहल गर्ने निर्णय गरेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *