नेकपा (प्रचण्ड-नेपाल) समूहका केन्द्रीय सदस्य मृत फेला

डिसी नेपाल
२२ माघ २०७७ ८:२४

काठमाडौं। नेकपा नेपाल–दाहाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन्। बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले उनको मृत्यु मोटरसाइकल दूर्घटनामा भएको हुनसक्ने आशंका गरेका छन्।

मोटरसाइकल लडेको र हेल्मेट टाउकोमा भएका कारण तीब्र गतिमा मोटरसाइकल दूर्घटना भएको आशंका गरिएको उनले बताए।

‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको हो,’ डिएसपी भाटले भने। उनी बुधबार साँझ मसाल जुलुशमा सहभागी भएर फर्केका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *