तस्वीरमा हेर्नुहोस् प्रचण्ड–नेपाल समूहको आमहड्ताल
काठमाडौं। प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालका कारण काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ।


प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन्।

बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ। बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए।








No ads found for this position
प्रतिक्रिया


Facebook Comment