जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, पूर्व मन्त्री झा घाइते
फाइल फाेटाे।
काठमाडौं। बन्दमा बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच जनकपुरमा झडप भएको छ। सो झडपमा परी पूर्व मन्त्री एक नेकपा (प्रचण्ड–माधव नेपाल) समूहका स्थायी कमिटी सदस्य रामचन्द्र झा घाइते भएका छन्।
उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ। झडपका क्रममा प्रहरीले केही राउण्ड हवाइ फायर र अश्रु ग्यास प्रहार गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment