राजनीतिक घटनाको प्रभाव नेप्सेमाः ठूलो अंकले गिरावट आएको बजार, अन्तिम समयमा सामान्य अंकले बढ्यो

डिसी नेपाल
२२ माघ २०७७ १६:१९

काठमाडौं। साताको कारोबारोको अन्तिम दिन बिहिबार धितोपत्र मापक नेप्से ठूलो उतार चढावकाबीच सामान्य अंकले बढेको छ।

प्रचणड- नेपाल समूहले आह्वान गरेको बन्दका कारण सेयर बजार घट्ने अनुमान गरिएको थियो। तर, उतार चढावकाबीच सेयर बजार ८ अंकले बढेको छ।

बिहिबार बजार खुलेको सुरुआती केही मिनेटदेखिनै घट्न थालेको बजार १ हजार ४ सय ४३ अंकसम्म तल झरेको थियो। त्यसपछि बजार फेरि उकालो लाग्दै २ हजार ४ सय ८१ अंकसम्म पुगेको थियो। अन्त्यमा सेयर बजार ८ अंकले बढेर २ हजार ४ सय ७५ विन्दुमा बन्द भएको छ।

बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजार सामान्य अंकले बढे पनि १० वटा भन्दा बढि कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेको छ।

बिहीबार २ सय १ कम्पनीको सेयर एक करोड ८७ लाख कित्ता सेयर सात अर्ब ६१ करोड भन्दा बढि रुपैयाँको कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *