यूनिट्राभ नेपालद्वारा टानविरुद्ध मुद्दा दर्ता

डिसी नेपाल
२३ माघ २०७७ १६:५०

काठमाडौं। यूनिट्राभ नेपाल (नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ्ग, एयरलाइन्स, संस्कृती, पुरातात्विक, कार्गो कुरियर श्रमिक यूनियन)ले ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) विरुद्ध मुद्दा दर्ता गरेको छ।

नेपाल ट्रेड युनियन महासंघसँग सहकार्य गरी यूनिट्राभ नेपालले शुक्रबार पर्यटन क्षेत्र अन्तर्गत टानसहित टानसँग आबद्ध सम्पूर्ण ट्रेकिंग कम्पनीले सामाजिक सुरक्षा ऐन नियमावली अनुसार कार्यान्वयन नगरेको भन्दै सामाजिक सुरक्षा कोषको कार्यालयमा मुद्दा दर्ता गरेको हो।

यूनिट्राभले मुद्दा दर्तासम्बन्धमा एक सूचना जारी गर्दै पर्यटन क्षेत्रका कम्पनीहरुलाई अनुगमन गरी प्रचलित कानुन कार्यान्वयन भए, नभएको छानविन गरी कारवाहीको दायरामा ल्याउन राज्यलाई आग्रह गरेको छ।

साथै, राज्यद्वारा निर्मित ऐन कानुन व्यवहारिक रुपमा कार्यान्वयन नगर्ने कम्पनीलाई नियन्त्रण गरी कानुनी कारवाही गरी कार्यान्वयन गर्ने कम्पनीहरुलाई पुरस्कृत र व्यवस्थित गर्दै लैजानुु पर्नेमा ध्यान दिन भनेको छ।

यूनिट्राभले पर्यटन पदयात्रा क्षेत्रका कम्पनीहरु र छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) सामाजिक सुरक्षा कोषमा सुचिकृत नभएको हुँदा टान, टानसँग आवद्ध कम्पनीहरु र त्यसमा कार्यरत श्रमिकहरुलाई समेत सुचिकृत गराई सामाजिक सुरक्षा कोषमा रकम दाखिला गराउन पहल कदमीका निमित्त ध्यानाकर्षण गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *