चन्द्रगिरीको सेयर आइतबारदेखि कारोबारोमा आउने

डिसी नेपाल
२४ माघ २०७७ १२:५८

काठमाडौं। एक महिना अघि आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको आइपीओ भोलि (आइतबार) देखि कारोबारमा आउने भएको छ।
शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको हो।

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।

चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

कम्पनीको आईपीओ १० कित्ताका दरले १ लाख ३९ हजार ६०२ जनाले गोलाप्रथाबाट पाएका थिए ।

त्यस्तै, नेप्सेले चन्द्रागिरीको नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु ९६ दशमलव ६९ देखि रु २९० दशमलव ०७ रेन्ज तोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *