राष्ट्र बैंकले नौ प्रतिशत ब्याजमा दुई अर्ब बराबरको बचतपत्र बिक्री गर्ने

डिसी नेपाल
२५ माघ २०७७ ११:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बचतपत्र पाँच वर्षे अवधिको लागि बिक्री गर्न लागेको हो।

घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको जनाएको छ। ब्याजको भुक्तानी ६ र ६ महीनामा हुनेछ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ।

माघ २७ देखि १८ फागुनसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने फागुन २५ तोकिएको छ।

बैंकले २५ फागुन २०८२ मा साँवा भुक्तानी हुने मिति तय गरेको छ। बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *