‘भ्यालेन्टाइन डे’ ठमेलमा अफर : प्राथमिकतामा आन्तरिक पर्यटक

डिसी नेपाल
२५ माघ २०७७ १४:३३

काठमाडौं। पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन सप्ताह आजदेखि सुरु भएको छ। पछिल्लो समय भ्यालेन्टाइन डे नेपालमा पनि युवापुस्ताबीच लोकप्रिय बन्दै गएको छ। गिफ्ट शपमा गुलाव किन्ने युवा युवतीको भीड लाग्न थालेको छ। अघिल्ला वर्षमा जस्तो चाप नभएपनि युवा पुस्ता आफ्नो प्रेम दर्शाउन भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्।

भ्यालेन्टाइन डे सप्ताह सुरु भएसँगै नेपालको युरोप भनेर चिनिने पर्यटकीय नगरी ठमेलका होटल व्यावसायीले नयाँ नयाँ अफर सार्वजनिक गरेका छन्। कोरोना कहरका कारण विदेशी पर्यटन आउने वातावरण नभएपछि ठमेलका होटल व्यावसायीले नेपाली पर्यटकलाई लक्षित गर्दैै विभिन्न अफर ल्याएका हुन्।

यसअघि क्रिसमर र अंग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटक अपेक्षा भन्दा बढी आएपछि उत्साहित बनेका होटल व्यावसायीले भ्यालेन्टाइनलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका हुन्।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय खुल्न थालेका छन्। आन्तरिक पर्यटकलाई लक्षित गर्दै ठमेलका व्यवसायीले होटल संचालन गर्न थालेको होटल रोड हाउसका इन्चार्ज शेखर पाण्डेले बताए।

‘अहिले भ्यालेन्टाइन डे मा हामीले आन्तरिक पर्यटकलाई लक्षित गर्दैै विभिन्न अफर ल्याएका छौं,’ पाण्डेले डिसी नेपालसँग भने, ‘यसअघि क्रिसमस र अंग्रेजी नयाँ वर्षमा पनि आन्तरिक पर्यटक सोचेभन्दा धेरै आएका थिए। भ्यालेन्टाइन डेमा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न अफर ल्याएका छौं।’

यसअघि युरोपका पर्यटक धेरै आउने भएपछि कोरोनाका कारण नेपाली र भारतीय पर्यटक मात्र आउने गरेको उनले बताए। ठमेलका व्यावसायी नाफा कमाउने भन्दा पनि पेशमा टिकिराख्ने उपायको खोजीमा छन्। लामो समयदेखि व्यापार व्यावशाय बन्द हुँदा व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन थालेपछि आन्तरिक पर्यटकलाई मात्रै ल्याउन सकेपनि पलायन हुनुपर्ने स्थिति नआउने ठमेलस्थित होटल मण्डपका एक कर्मचारीले बताए।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ठमेलका होटल व्यावसायीले भारी डिस्काउण्टको व्यवस्था गरेका छन्। उनीहरुले ८० डलरमा उपलब्ध गराउने कोठा अहिले ४० देखि ४५ डलरसम्म दिन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *