उत्तराखण्डमा प्रकृतिको विनाशः २४ घण्टापछि पनि उद्धारको पर्खाइमा पीडित, सयौं बेपत्ता

डिसी नेपाल
२६ माघ २०७७ ११:०७

काठमाडौं। भारतको उत्तराखण्ड राज्यको चमोलीमा आइतबार हिमताल फटेर भयानक बाढी आउँदा ठूलो विनाश भएको छ । हिमताल फुटेपछि विद्युतगृह, बाँध पुलहरु क्षतविक्षत भएका छन् । पछिल्लो जानकारीअनुसार १५ लाश भेटिएका छन् । अझै डेढ सयभन्दा धेरै बेपत्ता छन् । एनटिपीसी परियोजनाका दुई सुरुङमा फसेका कामदारहरुको उद्धारको प्रयास भइरहेको छ ।

पहिलो सुरुङमा फसेका १६ जनाको उद्धार गरिएको छ । दोस्रो सुरुङमा फसेका ३० जना कामदारको उद्धार गर्न सकिएको छैन । अढाइ किलोमिटर लामो सुरुङमा आइतबार राती पानीको स्तर बढेपछि उद्धार अपरेशन रोक्नु परेको थियो । सोमबार बिहान पुनः उद्धार सुरु भइसकेको छ । तर, अहिलेसम्म सुरुङको १०० मिटरको मात्रै अवरोध हटाइएको छ । सुरुङ साढे २ किलोमिटर लामो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *