बेलायतमा नयाँ भाइरस लक्षित नयाँ मापदण्ड

डिसी नेपाल
२६ माघ २०७७ १२:३२

लण्डन। बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरी १५ तारिखदेखि लागु हनेगरि यस्तो नियम बनाएको हो।

नियमअनुसार अब बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने छ। क्वारेन्टाइनको मापदण्ड भने बेलायत सरकार आफैले तोकेको अनुसार हुने छ।

बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्नेछ। कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा उनीहरु क्वारेन्टाइनहरुमा बस्नुपर्नेछ।

नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यस्तो व्यवस्था लागू गरिएको बेलायत सरकारले जनाएको छ। दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यस्तो नियम लगाइएको हो। ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ। रासस–सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *