नेप्से र काराेबार रकममा नयाँ किर्तिमान

डिसी नेपाल
२६ माघ २०७७ १५:५३

काठमाडौं। पछिल्लो केही समय लगातार नयाँ किर्तिमान कायम गर्दै आइरहेको सेयर बजार परिसूचक नेप्सेले सोमबार नयाँ किर्तिमान कायम गरेको छ। साताको दोस्रो दिन सोमबार नेप्से परिसुचक ३७ शमलव ४८ अंकले वृद्धि भइ हालसम्मकै उच्च विन्दु २ हजार ५ सय ६१ दशमलव ४८ अंकमा पुगेको छ। आइतबार मात्रै नेप्सेले नयाँ उचाईको किर्तिमान कायम गरेको थियो।

यस्तै सेयर बजारले सोमबार कारोबार रकममा पनि नयाँ किर्तिमान कायम भएको छ। नेप्सेमा आज १० अर्ब ६१ करोडमाथिको कारोबार भएको छ। सोमबार कारोबार भएका २ सय ६ वटा कम्पनीका २ करोड ११ लाख ५ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ६१ करोडभन्दा बढिको कारोबार भएको हो।

आज सबैभन्दा धेरै ग्रामिण विकास लघुवित्त वित्तिय संस्था र प्रभु बैंकका लगानीकर्ताले सर्वाधिक ९ प्रतिशत बढी कमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *