नेपाल एयरलायन्सले निकाल्यो फेब्रुअरी २८ सम्मको उडान तालिका

डिसी नेपाल
२७ माघ २०७७ १२:३४

काठमाडौं। नेपाल वायुसेवा निगमले एक महिनाको हिउँदकालीनन आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ। नेपाल वायुसेवा निगमले ट्वीटरमार्फत यही फेब्रुअरी १ देखि २८ गतेसम्मको आन्तरिक उडानको तालिका सार्वजनिक गरेको हो।

निगमले सार्वजनिक गरेको सूचनामा काठमाडौं–भोजपुर, भोजपुर–काठमाडौंका लागि आइतबार, सोमबार, मगंलबार, बिहीबार र शुक्रबार गरी हप्तामा पाँच दिन उडान गर्ने जनाएको छ। त्यस्तै, काठमाडौं–दाङ, दाङ–काठमाडौं सोमबार, बुधबार, बिहीबार, शुक्रबार, शनिबार उडान भर्ने जनाएको छ।

काठमाडौं–ताप्लेजुङ, ताप्लेजुङ–काठमाडौं मगंलबार, बुधबार र शनिबार उडान गर्ने छ। काठमाडौं–खानिडाँडा र खानिडाँडा–काठमाडौंको उडान बुधबार, शनिबार रहेको छ। काठमाडौं–रुकुमको उडान आइतबार, बिहीबार र रुकुम–काठमाडौंको उडान सोमबार–बिहीबार हुने जनाइएको छ।

काठमाडौं–थामखर्क, थामखर्क–काठमाडौं उडान बुधबार, शनिबार रहेको छ। काठमाडौं–फाप्लु, फाप्लु–काठमाडौं उडान आइतबार हुने भएको छ। नेपालगञ्ज–रुकुम उडान सोमबार–बिहिबार र रुकुम–नेपालगञ्ज उडान आइतबार–बिहिबार हुने छ।

नेपालगञ्ज–डोल्पा, डोल्पा–नेपालगञ्जको उडान आइतबार गरिने जनाइएको छ भने नेपालगञ्ज–जुम्ला, जुम्ला–नेपालगञ्ज आइतबार उडान हुने छ। नेपालगञ्ज–साँफेवगर र साँफेवगर–नेपालगञ्जको उडान आइतबारलाई तोकिएको छ।

नेपालगञ्ज–सिमिकोट र सिमिकोट–नेपालगञ्जको सोमबार उडान भर्ने जनाइएको छ। नेपालगञ्ज–ताल्चा र ताल्चा–नेपालगञ्जको उडान सोमबार हुने छ भने नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जको उडान बिहीबार हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *