‘ट्रम्पसँग बिताएको ९० सेकेण्ड मेरो जीवनकै सबैभन्दा नराम्रो घटना थियो’

डिसी नेपाल
२८ माघ २०७७ ११:०१

काठमाडौं। अमेरिकी पोर्नस्टार स्टर्मी डेनियल्सले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो कथित सम्बन्धबारे एक पटक फेरि बयान दिएकी छिन् । समाचार एजेन्सी एपीको रिपोर्टअनुसार डेनियल्सले ट्रम्पसँगको यौन सम्बन्धलाई नराम्रो घटना भनेकी छिन् । डेनियल्सले भने ‘मेरो जीवनको सबैभन्दा खराब ९० सेकेण्ड किनकि यसका कारण मैले आफैंलाई घृणा गर्न थालें ।

ट्रम्पले भने अहिलेसम्म पनि डेनियल्ससँग आफ्नो कुनै पनि किसिमको सम्बनध भएको दावीलाई अस्वीकार गर्दै आएका छन् । तर, ट्रम्पमाथि आरोप लागेको थियो कि उनले आफ्ना वकिलका माध्यमबाट डेनियल्सलाई चुप रहनको लागि मोटो रकम दिएका थिए । यो मामिलामा ट्रम्पका वकिल माइकल कोहेन जेल पनि गएका थिए ।

डेनियल्सले ट्रम्पसँग भेटको क्रममा आफ्नो दिमागमा कसरी यहाँबाट भागेर बाहिर निस्किने भन्ने सोच आएको बताएकी छिन् । डेलियल्सका अनुसार घटनाभन्दा पहिले उनले ट्रम्पसँग यौन सम्बन्ध राख्छु भन्ने नसोचेको बताएकी छिन् । ट्रम्प र डेनियल्सको कथित भेट २००६ मा भएको थियो । त्यतिबेला ट्रम्प र मेलानियाको बिहे भएको करिब १ वर्ष मात्र भएको थियो । मेलानिया ट्रम्पकी तेस्री पत्नी हुन् ।

मिया कुल्पा नामको पडकास्टमा माइकल कोहेनसँग कुरा गर्दै ४१ वर्षीया पोर्नस्टारले ट्रम्पसँगको सम्बन्धलाई लिएर नयाँ खुलासा पनि गरिन् । माइकल कोहेन तिनै व्यक्ति हुन् जसमाथि २०१६ मा ट्रम्पको चुनावी अभियानका क्रममा डेनियल्सलाई चुप रहनको लागि मोटो रकम दिएको आरोप लागेको थियो । सुनुवाइको क्रममा कोहेनले आरोप स्वीकार गरेका थिए । उनलाई ३ वर्षको जेल सजाय सुनाइएको थियो । कोरोनाभाइरसका कारण गएको जुलाइमा उनलाई जेलबाट छाडियो । बाँकी सजाय उनले आफ्नो अपार्टमेन्टमा काटिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *