भागरथी भट्टको न्यायको निम्ति माइतीघरमा द्वीप प्रज्वलन (फोटोफिचर)

डिसी नेपाल
२९ माघ २०७७ २१:४३
164
Shares

काठमाडौं । भागरथी भट्टको न्यायको निम्ति माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

राष्ट्रवादी विद्यार्थी संघको आयोजनामा बिहिबार साँझ भागरथी भट्टको आत्माको चिर शान्तिको कामना गर्दै युवा विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, ‘बलात्कारिलाई फाँसी दे’, ‘पीडितलाई न्याय दे’, ‘महिला हिंसा तथा यौन दुर्ववहार बन्द गर ’ जस्ता नारा लगाएका थिए ।

कार्यक्रममा द्वीप प्रज्वलन समेत गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *