आईपीएल अक्सनको अन्तिम छनोटमा नेपालबाट सन्दीपमात्रै, न्युनतम मूल्य ४० लाख भारु

डिसी नेपाल
२९ माघ २०७७ २२:४१

काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने छनोट भएका छन् ।

आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्र परेका छन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।

लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । नेपाल क्रिकेट संघ (क्यान) मार्फत सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोराले नाम दर्ता गराएका थिए।

तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् । आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना हुनेछ ।

अक्सनमा छनोट भएका खेलाडीको सूची




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *