आज सोनाम ल्होसार, देशभर सार्वनजिक बिदा
फाइल फाेटाे।
काठमाडौं। तामाङ र शेर्पा जातिले मनाउने लोसार शुक्रबार (आज) भव्यरुपमा मनाइँदै छ। नेपालको खसगरि हिमाली क्षेत्रका मानिसहरुका लागि लोसार निकै ठूलो मानिन्छ। तिब्बती भाषामा “लो” को अर्थ वर्ष र “सर” को अर्थ नयाँ हो।
त्यसैले लोसार भन्ने वित्तिकै नयाँ वर्षको चाड भन्ने बुझिन्छ। शेर्पा र तामाङ समुदायले छुट्टा छुट्टै मनाउने भए पनि यस वर्ष तिथी जुधेका कारण एकै दिन मनाउन लागिएको हो।
शेर्पा समुदायले ग्याल्पो लोसर फाल्गुनशुक्ल प्रतिपदामा मनाउने गरेका छन्। यो समुदायले आजदेखि नयाँ वर्ष च्याक् मो लाङ लो २१४८ सुरु भएको अवसरमा ग्याल्पो लोसर मनाउन लागेका हुन्।
यस्तै तामाङ जातिहरुको मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। यो समुदायले प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम लोसार पर्व मनाइन्छ।
यो समुदायमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
यो चाड धार्मिक प्रकृतिको भएको हुँदा एकै ठाउँमा परिवारजनहरु एकै ठाउँमा भेला भएर मनाउने गर्दछन्। चाडबाडमा मिठो मिठो परिकार र नाचगान अनिवार्य जस्तै हुन्छ। त्यसैले मध्यपान र मांशको प्रयोग पनि प्रशस्तै गरिन्छ। नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरि रमाइलो गर्दै यो चाड मनाउने गरिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment