सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता : मुख्यमन्त्री शाही

डिसी नेपाल
३० माघ २०७७ १०:३५
16
Shares

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा विद्यमान सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुगेको बताएका छन्।

‘ग्याल्वो र सोनाम ल्होसार पर्व २०७७’ को अवसरमा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायलाई आज एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री शाहीले नेपाली समाजमा रहेका मौलिक पर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताए। नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा उनले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा समेत सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री शाहीले सन्देशमा भनेका छन्, “विभिन्न विशेषता र पहिचान बोकेका नेपाली सांस्कृतिक चाडपर्वहरु हाम्रा सम्पत्ति हुन् । तिनको संरक्षण संवद्र्धन र प्रवद्र्धनले हाम्रो आपसी भाइचारा सम्बन्ध, सद्भाव र एकता दिगो तथा बलियो बनाउन मद्दत पुग्छ। हरेक चाडपर्व संरक्षण गर्नुमा हामी सबैको साझा भूमिका हुनुपर्दछ।”

सुखी र समुन्नत राष्ट्र निर्माणमा नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेश सरकारको ‘सुखी कर्णाली, सुखारी कर्णालीवासी’ को सपना पूरा गर्न बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ल्होसार पर्वले मद्दत पुग्ने भन्दै उहाँले समग्र नेपाली जनतालाई एकतावद्ध हुने प्ररेणा मिलोस् भन्ने शुभकामना प्रदान गरेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *