भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई सशस्त्र प्रहरी घाइते
फाइल फाेटाे।
काठमाडौं। पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई सशस्त्र प्रहरी जवान घाइते भएका छन्।
सशस्त्र प्रहरीबलका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार पर्साको ओरिया खोलामा नेपालतर्फको भू-भागमा आएर वालुवा उत्खनन् गर्ने भारतीय बालुवा तस्करलाई नियन्त्रणमा लिन खोज्दा दुई जवान घाइते भएका हुन्।
‘ स्थानीय ओरिया खोलामा बालुवा तस्करीमा आएको समूहलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन्। अहिले उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ’, डिआइजी अर्यालल भने।
घाइते हुनेमा २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव रहेका छन्। सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो। अहिले त्यसक्षेत्रमा सशस्त्र प्रहरीले थप गस्ती बढाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment