महिला लघुवित्तको आईपीओ बिक्री खुला

डिसी नेपाल
३० माघ २०७७ १२:३३

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज) माघ ३० गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्येको ५ हजार कित्ता सेयर कर्मचारीहरु र २० हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहने ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
लघुवित्तको आईपीओमा माघ ३० गतेदेखि फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

पछिल्लो समय करिव १५ लाख जनाले आइपियोमा आवेदन दिएकाले यस संस्थाको आईपीओमा पनि १० कित्ता सेयरको लागि आवेदन गरे पुग्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *