नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर आइतबारदेखि दोस्रो बजारमा

डिसी नेपाल
३० माघ २०७७ १२:४६

काठमाडौं। नेपालको इतिहासमै धेरै मात्रामा प्रथामिक सेयर (आइपीयो) निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर नेप्सेमा सूचिकृत भएको छ। योसँगै आइतबारदेखि बैंकको २० करोड कित्ता सेयर दोस्रो बजारमा आउने छ।

नेप्सेले बिहिबार बैंकको सेयर आइतबारदेखि कारोबारमा आउनेगरी सूचीकरण भएको जनाएकोे छ।

नेप्सेले एनआइएफआरए ( NIFRA) कारोबार संकेत प्रदान गरेको छ। यस्तै कारोबारको लागि न्यूनतम १ सय १३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३ सय ४० रुपैयाँ ८६ पैसाको कारोबार रेञ्ज प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *