अर्बौं कर छलीको आरोपमा छापा मारेको दुइ महिना बित्दा पनि बोल्न नसक्ने अवस्थामा विभाग

उपेन्द्र शाही
३० माघ २०७७ १४:४९

काठमाडौं। बहुराष्ट्रिय कम्पनीबाट उत्पादित चिसो पेय पदार्थ कोकाकोलाको नेपालस्थित प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेड कम्पनीमा राजश्व अनुसन्धान विभागले छापा मारेको दुई महिना बितिसकेको छ। अर्बौ कर छलीको आरोपमा गत मंसिर २२ गते कम्पनीको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपालको कार्यलयमा विभागले छापा मारेको थियो।

एनसेलको कर छलीजस्तै प्रकृत्तिको कोकाकोला प्रकरणको अनुसन्धानमा भने ढिलाई भइरहेको छ। छापा मारेको दुइ महिना बितिसक्दा पनि विभागले अझै अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिले विभाग बोल्न नसक्ने अवस्थामा रहेको बताए। उनले अहिले सबै कुरा अनुसन्धानकै क्रममा रहेको बताए।

कोकाकोला उत्पादन गर्ने कम्पनीको लगानीकर्ता फेरिदा पटकपटक राज्यलाई अर्बौ रुपैयाँको कर छली भएको उजुरीका आधारमा दुई महिना लामो आन्तरिक अनुसन्धान पछि मात्रै राजश्व अनुसन्धान विभागले गत मंसिर २२ गते कम्पनीको कार्यलयमा छापा मारेको थियो।

बोटलर्स नेपालको लगानीकर्ता परिवर्तन हुँदा अर्बौको राजश्व छली भएको भन्दै एक व्यक्तिले राजश्व अनुसन्धान विभाग पुल्चोकमा लिखित उजुरी दिएका थिए। सोही उजुरीको आधारमा विभागको कार्यलयमा छापा मारेको थियो।

कोकाकोला साउथ अफ्रिका बोटलिङ कम्पनी साउथ अफ्रिकाले दुबईस्थित कोकाकोला साउथ बेष्ट एसिया प्रा.लिले नेपालको ७६ प्रतिशत शेयर सन् २०१४ मा बोटलिड. इन्भेष्टमेन्ट ग्रुप एटलान्टा अमेरिकालाई बिक्री गरेको छ। यो बिक्री गर्दा कर छली भएको उजुरीमा उल्लेख छ।

उजुरीकर्ताले सन् २०१४ मा कोकाकोला कम्पनीको नेपालस्थित बोटलर्स नेपाल लिमिटेडको स्वामित्व परिवर्तन हुँदा नेपाल सरकारलाई बुझाउनु पर्ने पूँजीगत लाभकर छली गरेको भन्ने सूचना विभागलाई दिएका थिए।

कोकाकोला साउथ अफ्रिका बोटलिङ कम्पनी साउथ अफ्रिकाले दुबईस्थित कोकाकोला साउथ बेष्ट एसिया प्रा.लिले नेपालको ७६ प्रतिशत शेयर सन् २०१४ मा बोटलिड. इन्भेष्टमेन्ट ग्रुप एटलान्टा अमेरिकालाई बिक्री गरेको छ। यो बिक्री गर्दा कर छली भएको उजुरीमा उल्लेख छ।

 भारतीयको हालीमुहाली

साढे दुई बर्षदेखि बोटलिङ इन्भेष्टमेन्ट ग्रुप एटलान्टालाई स्वामित्व हस्तान्तरणको प्रक्रिया बाणिज्य कार्यलयमा चलिरहेको छ। केही प्रक्रिया नपुग्दा बाणिज्य विभागमा काम अड्केको देखिन्छ।

अहिले नयाँ ब्यबस्थापनको तर्फबाट भारतीय नागरीक प्रदीप पाण्डे बोटलर्स नेपालको महाप्रबन्धक छन्। उजुरीकर्ताले उनलाई पनि करछलीमा संलग्न भएको आरोप लगाएको विभाग स्रोतले बताएको छ।

सन २०१४ मा नेपाल र बंगलादेशको एकैसाथ कोकाकोला साउथ बोटलिङ कोकाकोला कम्पनीको आफ्नो स्वमित्व बोटलिङ इन्भेष्टमेन्ट गु्रप एटलान्टा अमेरिकालाई बिक्री गरेको थियो। यसकाे कारोवार दुवईमा भएको बताइएको छ। यो १७ अर्ब रुपैयाँको कारोवार भएकाले नेपालले पाउनु पर्ने ठूलो राजश्व रकम गुमाएकोले उक्त रकम असुल उपर गर्न नागरिकको तर्फबाट दिएको उजुरीलाई राजश्वले गम्भीर रुपमा लिएर अनुसन्धान अगाडि बढाएको दावी गरेको थियो।

नेपालमा दुईवटा प्लान्ट बोटलर्स नेपाल र तराई बोटलर्स भएकाले १२ अर्व नेपालको कारोवार भएको हो। यसअघिका व्यवस्थापकले केही कुरामा विवाद भएपछि सूचना चुहाएकोले अहिले ढिलोगरी सार्वजनिक भएको हो। उजुरीकर्ताको सुरक्षाका लागि उनको नाम गोप्य राखिएको छ।

यस्को पुष्टि त्यतिबेलाको ब्याबस्थापनले पठाएका इमेल र वाणिज्य कार्यालयमा शेयर नामसारीका लागि अगाडि बढाइएको कागजातले समेत गर्नसक्छ। यसअघि सन् २००४ मा पनि कोकाकोलाको स्वमित्व परिवर्तन भएको थियो।

त्यतिबेला चुडामणि शर्माले कर न्यायधीकरणमार्फत मिलाइदिएको आरोप लाग्दै आएको छ। सन् २००४ मा पनि लाभकर छली भएको र त्यसवखत न्यून मुल्यांकन गरी मिलाइएको दावी उजुरीकर्ताले गरेका छन्।

राजश्व अनुसन्धान बिभागले छापा मारेर महत्वपूर्ण कागजातहरु आफ्नो अधिनमा लिए पछि अब उक्त कार्यालयले अनुसन्धान छिटो छरितो हुने आशा गरिएको थियो। एनसेलको कर छलीमा जस्तै यस प्रकरणमा पनि ढिलाई हुने हो कि भन्ने आशंका उब्जिएको छ। साथै मुलुकलाई करोडौं करोड आउने राजश्वमा कतै कुनै ठूलै नेताहरुको सेटिङ गरी तर मारिरहेका त छैनन्? सर्वत्र चासोको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *