प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश

डिसी नेपाल
९ फागुन २०७७ १६:३६

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । सांसद इन्द्रबहादुर आङबोले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका हुन् । आङबो यो प्रस्तावका प्रस्तावक हुन् । आजको प्रदेशसभा मुख्यमन्त्री राई पक्षले बहिष्कार गरेपछि ढिलो सुरु भएको थियो ।

प्रस्ताव पेश गर्दै आङबोले प्रधानमन्त्रीले आफूलाई नभएको अधिकारको प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्नु प्रतिगामी कदम भएको भनेका छन् । प्रधानमन्त्रीको कदमका विषयमा आफूहरुबीच मतान्तर रहेको र मुख्यमन्त्रीले प्रधानमन्त्रीको कदमलाई अग्रगमन र प्रधानमन्त्रीको बाध्यता रहेको बताएको तर आफूहरु मुख्यमन्त्रीसँग सहमत हुन नसकेपछि अविश्वासको प्रस्ताव पेश गरेको बताए ।

सांसद आङबोले नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ को उपनियम १ बमोजिक अविश्वासको प्रस्ताव पेश गरिएको बताए । प्रस्तावको सांसद लक्ष्मण तिवारी समर्थक छन् । यससँगै बैठक फागुन २० गते बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *