निफ्राको शेयर मूल्य एक्कासी १३२ रुपैयाँले घट्यो

डिसी नेपाल
११ फागुन २०७७ ११:४०

काठमाडौं। दोस्रो बजारमा आएदेखि लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य एक्कासी घटेको छ । मंगलबार बिहान बजार खुल्नेबित्तिकै अहिलेसम्मकै उच्चतम विन्दू ७२६ रुपैयाँसम्म पुगेको शेयर मूल्य बजार खुलेको आघा घण्टामै एक्कासी घटेको छ ।

बजार खुलेको आधा घण्टापछि शेयर मूल्य एक्कासी १३२ रुपैयाँले घटेर प्रतिकित्ता ५९४ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार कारोबार बन्द हुँदा प्रतिकित्ता ६६० रुपैयाँ रहेको निफ्राको शेयर मंगलबार प्रि सेसनमा ६९३ रुपैयाँ र बजार खुलेपछि ७२६ रुपैयाँसम्म पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *