६१ करोडको लागतमा ‘नौवास्ता औद्योगिक क्षेत्र’ सञ्चालनमा

डिसी नेपाल
११ फागुन २०७७ १४:०१

काठमाडौं। बाँकेमा ६१ करोडको लागतमा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा औद्योगिक क्षेत्रको निमार्ण हुने भएको हो। रकम विनियोजनभएसँगै निर्माणकार्य द्रुत रुपमा अगाडि बढाइएको छ। यो सयसँगै ‘नौवस्ता औद्यागिक क्षेत्र परियोजना’ कार्यालय पनि सञ्चालनमा आएको छ।

सङ्घीय सरकारले औद्योगिक क्षेत्रका लागि चालू आर्थिक बर्षमा रु ६१ करोड खर्च गर्दैछ । बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टाखुल्टी पुर्ने, प्लट बनाउने लगायतको कार्य हुने छन्। सडक ट्र्याकको सम्भावना र यसका लागि काम पनि चालू आवमा नै बढाउने योजना रहेको छ।

बैजनाथमा ३३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा बस्ती रहेकाले डिपिआर भइसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको अवस्था रहेको छ ।

औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो । स्थानीय घरधनीको सङ्घर्ष समितिले सो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ ।

औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र बन्न लागेपछि रोजगारी पाउने आशामा स्थानीय खुशी रहेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *