राष्ट्र बैंकले अब फेसबुक र ट्विटर चलाउने

डिसी नेपाल
११ फागुन २०७७ १४:३१

काठमाडौं। सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नै फेसबुक र ट्विटर अकाउन्ट सञ्चालनमा ल्याउने भएको छ। बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गर्दै बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रभावकारी र व्यवस्थित बनाउन यस्तो नीति ल्याईएको जनाएको छ।

अहिले सामाजिक सञ्जालमा राष्ट्र बैंकको आधिकारिक अकाउन्ट छैन। नयाँ नीतिअनुसार राष्ट्र बैंकले सामाजिक सञ्जालको पनि प्रयोग गर्ने भएको हो।

नीतिमा भनिएको छ, ‘बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्नेछ। सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्नेछ। बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्न सक्नेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *