देउवाले पार्टीमा छलफल गरेर प्रचण्ड–नेपाललाई जवाफ दिने
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड–नेपालको प्रस्तावबारे पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन्। देउवा निवास बुढानिलकण्ठमा भएको तीन नेताहरुको भेटघाटपछि देउवाले उक्त जवाफ दिएका हुन्।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि आवश्यक नेपाली कांग्रेससँग मिलेर जान प्रस्ताव गर्न चितवनमा हुने कार्यक्रमलाई छोडेर अध्यक्षद्वय काठमाडौं आएका थिए। उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ।
अध्यक्षद्वयलाई २० मिनेट समय दिएका देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन्। स्रोतका अनुसार देउवाले बिहीबार पार्टीमा छलफल गर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनपछिको रणनीतिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहिबारका लागि बोलाइएको छ। पदाधिकारी बैठकमा छलफलपछि प्रचण्ड–नेपालको प्रस्तावबारे धारणा आउने कांग्रेसले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment