सार्वजनिक पार्कमा थुप्रै मानिसका अगाडि यौनमा लिप्त जोडी समातिए

डिसी नेपाल
१२ फागुन २०७७ १७:५२

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका छन् । ती निर्लज्ज जोडीलाई थाइल्याण्डको बैंककस्थित एक सार्वजनिक पार्कमा यौनम्बनधमा लिप्त भएको बेला एक महिलाले भिडियोमा उतारेकी थिइन् । उनले पुलिसले यसको अनुसन्धान गरोस् भनेर भिडियो उतारेकी थिइन् ।

द सनको रिपोर्टअनुसार उनले रेकर्ड गरेको भिडियो फुटेजमा बालबालिकाहरु नजिकै खेलिरहेको समेत बेवास्ता गरी ती दुईले चार मिनेटभन्दा बढी समयसम्म कसरी सार्वजनिक यौनसम्बन्ध जारी राखे भन्ने देखिएको छ । यो देखेर आश्चर्यचकित भएकी महिला रतानाले उनीहरूले शहरको चाटुचक वीकेन्ड मार्केट नजिकै भाचिरबन्जातास पार्क हुँदै हिँड्ने मानिसहरूको कुनै वास्ता नगरेको बताइन् ।

उनले ‘अधिकारीहरूले जाँचबुझ गर्न सकून्’ भनेर त्यो अभद्र कार्यलाई भिडियोमा रेकर्ड गर्न चाहेको बताइन्। रतानाले भनिन् ‘रेकर्डिङ सुरु गर्नुभन्दा पहिले को अवस्था झनै नराम्रो थियो। तिनीहरूले आफूहरु सार्वजनिक ठाउँमा भएको कुरा बिर्सेका थिए । यी मानिसहरूका लागि आधारभूत शिष्टताको कुनै अर्थ थिएन । हामी वरपर केटाकेटीहरू थिए र परिवारहरू पार्कभरि हिँडिरहेका थिए।’

ती दर्शकले त्यो ठाउँ खेल मैदान नजिकै भएको कुरा बताइन् जहाँ थुप्रै केटाकेटीहरू खेलिरहेका थिए तर त्यो निर्लज्ज जोडी अझै पनि यौनमा लिप्त थिए । ‘मानिसहरू आफू पछाडिको बारको ठीक छेउमा हिंड्न थालेपछि पनि ती जोडीले रोक्न चाहेनन्’ रतनाले थपिन् । फेब्रुअरी १३ मा खिचिएको उक्त भिडियोमा रहेका जोडीको अहिलेसम्म पहिचान हुन सकेको छैन । तर त्यसपछि उनीहरुमाथि कारवाही गर्न प्रहरीसँग माग भइरहेको छ । थाइल्यान्डमा सार्वजनिक मर्यादा उल्लंघनमा बढीमा ५ हजार भाट (१९ हजार ३ सय रुपैयाँ) जरिवाना हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *