सर्वोच्चले नेकपा कसको हुने भन्ने निर्णय फागुन २० गते सुनाउने
काठमाडौं । ऋषि कट्टेलले दायर गरेको नेपाल कम्युनिष्ट पार्टीको नाममा रहेको विवाद मुद्दामा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा बीहिबार सुनुवाई सकेर फागुन २० गते निर्णय सुनाउने भएको हो ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको प्रधानमन्त्री केपी शर्मा ओलीसमूह र पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल समूहले छुट्टाछुट्टै दाबी गर्दै आएको नेकपा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो ।
निर्वाचन आयोगमा त्यसअघि नै कट्टेलको नाममा नेपाल कम्युनिष्ट पार्टी दर्ता कायम थियो । आयोगले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मान्यता दिएपछि कट्टेलले २०७५ साल मंसिरमा रिट दिएका थिए।
Facebook Comment