सुन चाँदीको मूल्य घट्यो

डिसी नेपाल
१४ फागुन २०७७ ११:४४

काठमाडौं। साताको अन्तिम कारोबारको दिन शुक्रबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। हिजो एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *