काठमाडौंमा बर्डफ्लुको बिकबिकी, पशु सेवा विभागले जारी ग-याे ४ बुँदे अपिल

डिसी नेपाल
१४ फागुन २०७७ १२:०६

काठमाडौं। काठमाडौंको तारकेश्वरमा बर्डफ्लु संक्रमण देखिएपछि पशु सेवा विभागले नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गरेको छ। विभागले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै बर्डफ्लु संक्रमण नियन्त्रणका लागि ४ बुदे अपिल जारी गरेको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४ सय ६४ पन्छी नष्ट गरिएको विभागले जनाएको छ।

बर्डफ्लु रोग तुरुन्त नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धि सबै निकाय परिचालन गरी संक्रमण फैलिन सक्ने पन्छीलगायत सबै वस्तु नष्ट गरिएको छ।

बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल जारी गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *