गाँजाको तालमा आफ्नै लिंग दुई टुक्रा पारे, त्यसपछि प्रहरी बोलाए

डिसी नेपाल
१५ फागुन २०७७ १३:४९

काठमाडौं। एक व्यक्तिले गाँजा पिएर नशाको तालमा आफ्नो लिंग दाह्री काट्ने छुराले काटेका छन् । त्यसलगत्तै उनले आकस्मिक सेवामा फोन गरेका थिए । राती अबेर उनको फोन आएपछि पुलिस र स्वासथ्यकर्मी तत्कालै जर्मनीको मेन्जस्थित ती व्यक्तिको घरमा पुगेका थिए । ४७ वर्षका ती व्यक्तिलाई अस्पताल लैजानुअघि घटनास्थलमै उपचार गरिएको थियो।

त्यस दुःखद घटनापछि ती व्यक्तिको आकस्मिक शल्यक्रिया गर्नुपर्नेछ । घटनास्थल पुगेको पुलिसले अपार्टमेन्टको निरीक्षण गर्दा उनको टुक्रिएको अंग फेला परेका थिए । द सनमा प्रकाशित रिपोर्टअनुसार सोमबार मध्यरातभन्दा केही समयअघि आकस्मिक फोन गर्नुअघि उनले धेरै गाँजा सेवन गरिरहेका थिए । मन्ज प्रहरी विभागकी एक जना प्रवक्ताले बताएअनुसार ती व्यक्तिले आफ्नो लिंग काट्न छुरा प्रयोग गरेका थिए ।

‘त्यतिबेला उनी गाँको प्रभावमा थिए’ उनले भनिन् । ती व्यक्तिको यो काम गर्नुअघिको पृष्ठभूमि के थियो र उनको अवस्था कस्तो छ भन्ने बारे थप जानकारी दिइएको छैन । डाक्टरहरूले तिनको लिंग पुनः जोड्न सके वा सकेनन् भन्ने पनि स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *