यौनका लागि सबै हद पार गर्ने शिक्षिकाले १५ वर्षका विद्यार्थीसमेत नछोड्दा जेलको बास

डिसी नेपाल
२२ फागुन २०७७ १६:४६

काठमाडौं। यौनका लागि आशक्त एक शिक्षिकालाई १५ वर्षका विद्यार्थीसँग यौनसम्बन्ध राखेको आरोपमा ६ वर्षभन्दा धेरैको जेल सजाय सुनाइएको छ । ३५ वर्षकी केन्डिस बार्बरलाई बिहीबार सजाय सुनाइएको हो । १५ वर्षका विद्यार्थीसँग खुला चौरमै यौन क्रियाकलापमा संलग्न भएकी बार्बरलाई ६ वर्ष २ महिना जेल सजाय सुनाइएको छ ।

बार्बरले ती विद्यार्थीसँग स्न्यापच्याटबाट मित्रता गरेकी थिइन् । पछि उनले ती किशोरलाई साथ कुने ठाउँमा लगेर उनको घाँटीमा चुम्बन गर्दै ‘के तिमी यौनसम्बन्ध राख्न चाहन्छौ ? भनेर सोधेकी थिइन् । बार्बरलाई जनवरीमा बाल यौन क्रियाकलापमा संलग्न भएकोमा दोषी ठहर गरिएको थियो । बार्बरले ती बालबलाई यौन सम्बन्धपछि यसबारे कसैलाई केही नभन्न धम्की समेत दिएकी थिइन् ।

द सनको रिपोर्टअनुसार बार्बरले यसअघि आफ्ना पूर्व पार्टनर कार्ल ग्रिभ्ससँग पार्टनर साटफेर गरेर यौन सम्बन्धको प्रस्ताव गर्दा कार्लले नमानेपछि उनलाई समेत छाडेको खुलासा भएपछि उनलाई कठोर सजाय सुनाइएको हो । एक मित्रले द सनलाई बताएअनुसार कार्लले अस्वीकार गरेपछि उनले कार्ललाई छोडेको बताए । ‘यसमा कुनै शंका छैन कि केन्डिससँग अत्याधिक यौनचाहना थियो र कार्ललाई यसमा कुनै समस्या थिएन’ ती मित्रले भने ।

आफूसँग यौनका लागि सबै छुट दिए पनि अर्को व्यक्ति समेत संलग्न गराउने प्रस्तावपछि भने कार्लले बार्बरको कुरा अस्वीकार गरे । यही कारण बार्बरले कार्ललाई छोडेकी थिइन् जबकि कार्लसँगबाट बार्बरका छोराछोरी पनि छन् । कार्लले आफ्नो कुरा नमानेपछि उनले आफ्नी आमाको घरमा काम गर्ने मालीसँग सम्बन्ध बढाएकी थिइन् । एक दिन कार्लले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि उनी कार्ललाई छोडेर मालीसँग गएकी थिइन् ।

एक पूर्वप्रेमीका अनुसार बार्बर यौनप्रति यतिसम्म आशक्त थिइन् कि उनी कुनै यौन खेलौना नखेलाइ कारमा १ घण्टा पनि बस्न सक्दिनथिन् । उनले यौजन्य सामग्रीका लागि हजारौं पाउण्ड खर्च गरेकी थिइन् । उनले एक दिनमा ५ पटकसम्म यौन सम्बन्धको माग गर्थिन् । उनले कहिल्यै मदिरा पिउँदिनथिन् । उनले कुनै लागूऔषध सेवन पनि गर्दिनथिन् र धुम्रपान पनि गर्दिनथिन् । उनले आफ्ना सबै सन्तुष्टि यौनबाटै पाउँथिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *