प्रतिनिधिसभाको बैठकमा देखिए यस्ता दृश्य (फोटोफिचर)

तर्कबहादुर थापा
२३ फागुन २०७७ १९:२८
360
Shares

काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापित भएपछि आइतबार पहिलो बैठक बस्यो। तर, कार्यसूचीअनुसार बैठकमा छलफल हुन सकेन। जसले संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा लड्यो सोही समूहले बहिस्कार गर्यो।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समूहले सर्वोच्चमा मुद्दामात्र लडेको थिएन, सडक आन्दोलन पनि गरेको थियो। तर, आइतबार सो समूहले बैठक नै बहिस्कार गर्यो। उता अध्यादेश टेबुल गर्ने कार्यसूची अनुसार कानुनमन्त्री लिलानाथ श्रेष्ठ रोष्टममा पुगेपछि विपक्षी दलहरु काँग्रेस र जसपाले नारावाजी गर्दै बैठक अबरोध गरे।

नारावाजीपछि १० मिनेटका लागि स्थगित गरिएको बैठक फेरि नबसी २६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरियो। सातौं अधिवेशनको पहिलो बैठकका दिन देखिएका केही दृश्यहरु डिसी नेपालले क्यामेरामा कैद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *