विप्लव र रेखा थापाको भेटमा के–के कुरा भए ?

डिसी नेपाल
२४ फागुन २०७७ १३:४४

काठमाडौं। नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र अभिनेत्री रेखा थापाबीच भेटवार्ता भएको छ । सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदा नै यसको विरोध गरेकी थापाले शान्तिपूर्ण राजनीतिमा आएसँगै विप्लवलाई भेटेपछि यो भेटमा के कुरा भयो भन्ने विषयले चासो उत्पन्न गरेको छ । थापाले आफूले विप्लवलाई भेटेर शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाइ दिएको बताएकी छिन् ।

जनताको अगुवाइ गर्ने नेता शान्तिपूर्ण राजनीतिमा आउनु आवश्यक भएको भन्दै थापाले विप्लवको यो कदम सही भएको र हामी सबैले यसको स्वागत गर्नुपर्ने बताइन् । थापाले विप्लवलाई बधाइसँगै आगामी राजनीतिक जीवनको लागि शुभकामना समेत दिएको बताएकी छिन् । लामो समयसम्म भूमिगत रहेका नेकपा महासचिव विप्लव गएको शुक्रबार राष्ट्रिय सभागृहबाट सार्वजनिक भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *