४० वर्ष पहिले बेपत्ता भएका नेपाली नागरिक नाटकीय रुपले भारतमा भेटिए

डिसी नेपाल
२७ फागुन २०७७ १८:१९

काठमाडौं। सन् १९७९ को फेब्रुअरीमा नेपालको इलाम जिल्ला एकातपा गाउँका युवा दीपक जोशी तिम्सिना घरबाट निस्किएका थिए । तर, उनी घर फर्केनन्। उनी बेपत्ता भएको ४० वर्षपछि उनको परिवारका सदस्यहरूले गत महिना कोलकाताको दमदम केन्द्रीय कारागारमा उनलाई भेट्न सके। उनका एक जना भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता गए र उनलाई भेटे ।

तर, घरबाट निस्कँदै गर्दा उनले आफू दाल बेच्न लागेको बताएका थिए । त्यतिबेला उनी गाउँमा सानोतिनो काम गर्थे र ज्योतिष विद्यामा रुचि राख्थे । प्रकाशचन्द्र तिम्सिनाले नेपालबाट टेलिफोनमा बीबीसीलाई भने, ‘हामीले दाजु मरेको अनुमान गरेका थियौं । हामीले उहाँलाई नेपालमा हरेक ठाउँ खोजेका थियौं तर केही थाहा पाउन सकेनौं । त्यसबेला दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको थियो। त्यही आन्दोलनमा परेर दाजुको मृत्यु भयो होला भन्ने हामीलाई लागेको थियो । यति धेरै वर्षपछि हामीले दाजुको कुनै खबर पाउँदा भनेर कल्पनासमेत गरेका थिएनौं ।

अर्कोतर्फ, विचाराधीन कैदीको रुपमा दीपक जोशी तिम्सिना झण्डै ४० वर्षदेखि पश्चिम बंगालका विभिन्न जेलमा बस्दै आएका छन् । चार दशक बितिसक्दा पनि उनीविरुद्धको सुनुवाई पूरा हुन सकेको छैन । बुधबार कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशको डिभिजन बेन्चले उनको मुद्दाको सुनुवाई गरेको छ । जोशीको मुद्दामा अर्को सुनुवाइ मार्च १५ तारिख सोमबार हुनेछ । अब दीपक रिहा भएर नेपाल फर्किन पाउँछन् कि पाउँदैनन् भन्ने निर्णय अदालतले गर्नुपर्नेछ ।

दीपक जोशीको जीवन चालिस वर्षसम्म स्थिर रहेको भए पनि पछिल्ला केही महिनामा केही नाटकीय घटना भएका छन् । गत वर्षको फेब्रुअरीमा राधेश्याम दासलाई नन्दिग्रामबाट दमदम केन्द्रीय कारागारमा सारेल ल्याइएको थियो । माओवादी संगठनमा संलग्न भएको आरोपमा उनी दश वर्षअघि पक्राउ परेका थिए। उनी सन् २०१६ मा केही दिन दमदम जेलमा पनि थिए। राधेश्याम दासले बीबीसीसँग भने, ‘गत वर्षको फेब्रुअरीमा मलाई दमदममा ल्याइँदा मैले पहिले नै परिचित दीपकजीलाई फेरि भेटें। जो जेलमा रहेर मानसिक रुपमा अस्वस्थ छन् उनीहरुलाई स्वेच्छाले भेट्छु । त्यस्तै दीपकसँग पनि परिचय भयो । कुरैकुरामा थाहा भयो कि उनी ४० वर्षदेखि जेलमा थिए तर उनको मुद्दाको सुनुवाइ भएको थिएन।’

दास जेलबाट जमानतमा रिहा भएपछि उनले पश्चिम बंगाल एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे । यो ह्याम रेडियो सञ्चालकहरूको संगठन हो। रेडियो क्लवका सचिव अब्मरीश नाग विश्वासले भने ‘राधेश्याम दासबाट एक जना व्यक्ति ४० वर्षसम्म बिना सुनुवाई जेलमा रहेको खबर सुनेर म स्तब्ध भएँ। हामीले जेलको कार्यालयमा सम्पर्क गर्यौं। ती मानिसहरूले पहिले विश्वास समेत गर्न चाहेनन्। तर छानविनपछि दीपक जोशी तिम्सिना नाम गरेका कैदीलाई १९८१ सालदेखि जेल चलान गरिएको र अहिलेसम्म उनको मुद्दाको सुनुवाई नभएको उनीहरुले पनि थाहा पाए ।’
अम्बरीश नाग विश्वर र उनको क्लबका केही अन्य व्यक्तिले दीपक जोशीलाई भेट्ने अनुमति मागे । तर परिवारको सदस्य नभएका कारण केवल हीरक सिन्हालाई मात्र दीपकसँग भेट्ने अनुमति दिइयो । हीरक कलकत्ता उच्च अदालतका वकिल भएकाले जोशीलाई भेट्न अनुमति दिइएको थियो।

हीरक सिन्हाले भने ‘दीपक जोशी मानसिक रूपमा बिरामी छन् कि भनेर मैले पहिले नै शंका गरेको थिएँ। किनभने हामीले विभिन्न अदालतबाट जम्मा गरेका सबै कागजातहरूले पनि त्यस्तै संकेत गरेका थिए । तर उहाँसँग कुरा गर्दा उहाँ मानसिक तवरमा बिरामी हुनुहुन्छ भनेर मैले कहिल्यै महसुस गरिनँ। तर तिनी पक्कै पनि पीडामा थिए । मलाई नेपाली भाषा धेरै आउँदैन, तर अलिकति बुझ्छु । त्यसैको सहारामा उहाँसँग कुरा गरिरहेको थिएँ । कुराकानीका क्रममा उहाँले कागज र कलम मागेर केही शब्द लेख्नुभयो । देवनागरीमा लेखिएका शब्दहरू आधा अधुरा लाग्ने भए पनि ती उहाँका परिचय थिए । उहाँले ती शब्दहरूको परिचय दिँदै जानुभयो गाउँको नाम, बाबुआमाको नाम, स्कुलको नाम ।’

जोशीसँग सम्बन्धित संकलन गरिएका कागजातले बताएअनुसार दीपकलाई दार्जिलिङबाट सन् १९८१ मा हत्याको एक मुद्दामा पक्राउ गरिएको थियो । अम्बरीश नाग विश्वासले भने ‘उहाँले नेपालबाट आएर दार्जिलिङको चिया बगानमा काम गर्नुभएको थियो। कसैले उहाँलाई जागिर दिलाउने कुरा गरे र यसको बदलामा १ जनाको हत्या गर्न भने । उनको कुरा मानेर दीपकले एक व्यक्तिको हत्या गर्छन्, पक्राउ पर्छन् र त्यतिबेलादेखि उनी जेलमा छन् । पक्राउ परेपछि पनि उनलाई कुनै अदालतमा पेश गरिएन। कहिले बहारमपुर जेल, कहिले अलिपुर जेल, कहिले मनोरोग चिकित्सालय यस्तै गरेर ४ दशक बित्यो ।

अदालतले पटक पटक दीपक जोशीको मानसिक स्वास्थ्यको जाँच गर्न आदेश दिएको छ तर त्यो रिपोर्ट अदालतमा कहिल्यै पेश गरिएन । ह्याम रेडियो सञ्चालकहरुको संगठनले उनको ठेगाना पत्ता लगाउन कोलकातास्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गरे । अम्बरशि भन्छन् ‘सन् २०१५ मा नेपालमा ठूलो भूकम्प जाँदा त्यहाँ गएका बेला मेरो स्थानीय ह्याम सञ्चालकहरुसँग मेरो परिचय भर्एको थियो । तीमध्ये एक जना नेपाल सर्वोच्च अदालतका वकिल सतीश रिशना खरेल थिए। रेडियोमा नेपालका यी दुई ह्याम अपरेटरहरुलाई सन्देश दिएँ – नाइन नोभेम्बर वन अल्फा अल्फा र नाइन नोभेम्बर वन चार्ली अल्फा । पहिलो खरेलको कल साइन र दोस्रो अरुण नामक ह्याम अपरेटर थिए । मैले तिनीहरूलाई सबै कुरा बताएँ । त्यसपछि उनीहरुले दीपक जोशीले दिएको ठाउँको नामका आधारमा खोजी गर्न थाले।’

जोशी इलाम जिल्लाको चुलाचुली गाविसको एक विद्यालयमा अध्ययनरत रहेको थाहा भएको उनले बताए । त्यो गाउँको विद्यालय भूकम्पमा भत्किएको पत्ता लाग्यो । त्यहाँ स्थानीय मानिसहरू ह्याम सञ्चालकहरू कोबारे जानकारी चाहन्छन् भनी जान्न चाहन्थे। दीपकको नाम आउनेबित्तिकै उनीहरुले उनको मृत्यु भएको बताए। तर तिनका एक जना भाइले त्यही स्कूलमा पढाउँछन् भनेर बताए । गाउँलेले स्कूल अन्यत्र सारिएको बताउँदै त्यहाँ गएर प्रकाशचन्द्र तिम्सिनालाई भेट्न भने । आनो दाजु जिउँदो छन् भन्ने सुनेर पनि उनी स्तब्ध भए । त्यसपछि उनले दीपककी आमाकहाँ लिएर गए । यो ठाउँ अत्यन्तै दुर्गम स्थानमा छ ।

अम्बरीश नाग विश्वासमा अनुसार नेपाली ह्याम रेडियो संचालकसँग दीपकको बारेमा सोध्दा ९० वर्षकी आमाले आकाशतिर देखाएर दीपक चरा बनेको बताएकी थिइन् । यसबीच, यो कुरा कलकत्ता उच्च अदालतले थाहा पायो । अदालतले स्वतः संज्ञान लिएर अदालतमा जनहितको मुद्दा दायर गरियो। मुख्य न्यायाधीशको डिभिजन बेन्चले यस मामिलामा सहकार्य गर्न नेपालको वाणिज्य दूतावासलाई निर्देशन दिएको थियो ।

यस मामिलामा राज्य कानुनी सहायता सेवा पनि संलग्न भयो। कानुनी सहायता सेवाले गरिब कैदीहरूलाई कानुनी सहायता प्रदान गर्छ। कानूनी सहायता सेवामा सार्वजनिक हितको यो मुद्दाको नेतृत्व वकिल जयन्त नारायण चटर्जीले गरिरहेका छन् । चटर्जीले भने ‘४० वर्षदेखि कुनै व्यक्तिको मुद्दाको सुनुवाइ भएको छैन, कसरी सम्भव छ ? कसको गल्ती हो, त्यो बुझ्नै सकिएको छैन । यो कुरा बिस्तारै कतै ओझेलमा परेको जस्तो देखिन्छ । यो मानव अधिकारको घोर उल्लंघन हो। सुनुवाइ भएको भएउनले सजाय पाउन सक्थे तर यी सज्जन निर्दोष हुने सम्भावना पनि थियो । उनले विदेशी जेलमा ४० वर्ष काट्नुपर्यो ।’

दीपक जोशीका भाइ प्रकाश चन्द्र नेपालबाट दाजुलाई भेट्न कोलकाता आएका थिए। प्रकाशचन् तिम्सिनाले भने, ‘कोलकाता आउनुअघि आमाले दाजुको फोटो खिच्न भन्नुभएको थियो । तर जेलको नियमले गर्दा हामीलाई फोटो खिच्न दिइएन। तर, झण्डै ४० वर्षपछि दाजुलाई भेट्न पाउँदा कस्तो महसुस भइरहेको छ भन्ने कुरा बयान गर्न सकिँदैन ।’ फोन राख्नुअघि उसले जान्न चाहे, ‘दाजु रिहा त हुनुहुन्छ नि ? फर्किन पाउनुहुन्छ नि ४ दशक पहिले छोडेर गएको आफ्नो गाउँमा ? आफ्नी आमाकहाँ, आफ्नो परिवारकहाँ ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *