अल वेहडामाथि अल नासर ६-० ले विजयी, रोनाल्डोको ह्याट्रिक

डिसी नेपाल
२३ वैशाख २०८१ ८:०२

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् ।

योजितसँगै अल नासरको ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *