जसपा नेताहरु बुढानिलकण्ठ पुगे, सत्ता समीकरणबारे वार्ता

डिसी नेपाल
२८ फागुन २०७७ १७:२४
108
Shares

काठमाडौं। सत्ता समीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।

जसपा नेताहरु बाबुराम भट्टराई , उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर र काँग्रेस सभापति देउवाबीच यतिबेला वार्ता चलिरहेको छ। छलफलमा काँग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला पनि साथमा छन्।

तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठबन्धन सरकारमा परिणत भएको छ भने माओवादीले समर्थन फिर्ता लिने चर्चा छ। त्यसैले वैकल्पिक सत्ता समीकरण बनाउने दलहरुबीच छलफल चलिरहेको छ।

उता जसपा प्रधानमन्त्री ओलीसँग पनि निरन्तर छलफलमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *