अविश्वासको प्रस्ताव फिर्ता लिन प्रदेश सांसदहरुलाई निर्देशन
फाईल तस्बिर
काठमाडौं। नेकपा एमालेको बालुवाटारमा बसेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश नम्बर १ र बागमती प्रदेशमा आफ्नै पार्टीको सरकारविरुद्ध दायर गरिएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ।
ओली सहूको बैठकले प्रवक्ताको जिम्मेवारी दिएपछि प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए, त्यसलाई फिर्ता लिन निर्देशित गरिएको छ।’ यस्तै पार्टीको केन्द्रीय संरचनामा केही फेरबदलसमेत गरिएको र त्यसका लागि विधानको बाधा अड्काउ फुकाउको व्यवस्थालाई प्रयोग गरिएको जनाइएको छ।
ेतत्कालिन नेकपा कायम रहेका बेला प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अब एमाले र माओवादी ब्युँतिएसँगै एमालेले प्रस्ताव फिर्ता लिन लिन निर्देशन दिएको हो।
यस्तै ओली समूहको बैठकले विगतमा गरिएका गल्तिको आत्मआलोचना गरी पार्टीमा सक्रिय हुनसमेत आव्हान गरिएको छ। यस्तै माओवादी केन्द्रसँग अब एकताको कुनै सम्भावना नरहेकोसमेत निश्कर्ष निकालेको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment