कम्युनिष्टले झुठा नारा दिएर जनता बहकाए, अब कम्यनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा
फाइल तस्वीर
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले झुठा नारा दिएर जनतालाई बहकाएको बताएका छन्। नेपाल महिला संघले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले जनतालाई बहकाउने, महिलालाई बहकाउने काम गरेको भन्दै अब काँग्रेसले लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टसँग लड्नुपर्ने बेला आएको बताए।
सभापति देउवाले ओली सरकारकोसमेत चर्को आलोचना गरेका थिए। उनले सबैलाई बहकाएर ओली सरकारसँधै सत्तामा टिकिरहन लागिपरेकोसमेत आरोप लगाए।
सभापति देउवाले कम्युनिष्टहरुले देशमा सर्वसत्तावाद लाद्न खोजेकोसमेत आरोप लगाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment