माधव समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला
काठमाडौं। एमालेको माधव समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। शनिबार बसेको सो समूहको केन्द्रीय सदस्यहरुको बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै एमाले उपाध्यक्ष भीम रावलले चैत ४ देखि ६ सम्म काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको जानकारी दिए।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको उनले बताए।
शनिबारको भेलाले शुक्रबार बालुवाटारमा भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटको केन्द्रीय सदस्यहरुको बैठकले गरेका सबै निर्णय अवैध भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ। उपाध्यक्ष रावलले ओली समहूले पार्टीको विधान संशोधनलाई हुकुमी शासनको संज्ञा दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment