एमाले वार्ता : फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल समूहको अडान

डिसी नेपाल
२ चैत २०७७ १३:४५
400
Shares

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल समूहले फागनु २८ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको अडान फिर्ता लिनुपर्ने अडान राखेको छ।

धुम्बारहीमा आज भएको वार्ताबाट बाहिरिने क्रममा नेपाल समूहका नेता रघुजी पन्तले आआफ्नो अडान राखिएको बताए। उनले भने, ‘वार्ता हुँदै जान्छ। छलफल जारी रहन्छ। शिर्ष नेताहरुबीच कुराकानी चलिरहन्छ।’

फागनु २८ गते पार्टी अध्यक्ष ओलीले पदाधिकारीहरुलाई हटाएका थिए। नेकपामा भएका पदाधिकारी हटाएर माओवादीका केही नेताहरुलाई जिम्मेवारी दिएका थिए।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले ब्युताइदिएपछि ओली समूह र माधवनेपाल समूह अलगअलग भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *