कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने

डिसी नेपाल
३ चैत २०७७ १०:५८
56
Shares

काठमाडाैं। नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ। कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो।

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ। विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिं थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ।

तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेको शिक्षा विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *